|

उदयपुर : लागुऔषध कारोवारीले प्रहरीको आँखा छल्नका लागि उदयपुरमा नयाँ नयाँ उपाय अपनाउन थालेका छन्। प्रहरीले लागुअाैषध नियन्त्रणमा कडाई गर्न थालेपछि कहिले पेन्टी भित्रबाट लागुऔषध बरामद हुन्छ भने कहिले खैनीको पोकाबाट लागुऔषध फेला पर्न थालेका हुन्।

अाइतबार राती जिल्ला प्रहरी उदयपुरले सुर्ती खैनी पोको पारेर बिक्री गर्न ल्याइएका विभिन्न प्रकारकार १५० थान लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गर्दै लागुऔषध कारोवारीले प्रहरीको आँखा छल्न नयाँ उपाय प्रयोग गर्न थालेको बताए। ‘एक पटक भित्री कटटुबाट लागुऔषधसहित पक्राउ गरेका थियौं,’ एसपी भट्टले भने, ‘अहिले खैनीको पोकामा प्याक गरेर ल्याएको भेटियो। प्रहरीले जति कडाइ गर्दै गयो। त्यसरी नै नयाँ उपाय गरेर लागुऔषध ल्याएन थालेको छ।’

खैनीको पोकामा प्याक गरेर ल्याइएका विभिन्न प्रकारका १५० थान लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका घर भई हाल त्रियुगा नगरपालिका १० वस्ने १९ वर्षीय चक्रबहादुर तामाङ १५० थान लागुऔषधसहित पक्राउ परेका हुन्। एसपी नवराज भट्टका अनुसार तामाङको साथबाट लुपिजेसिक ५०, फेरागन ५० र डाइजेल्याप ५० थान बरामद गरिएको छ।

पत्रकार सम्मेलन गरी पक्राउ परेका तामाङलाई सार्वजानिक गर्दै लागुऔषध कारोवारी हरेको दावी समेत गरेको छ। ‘पक्राउ परेको तामाङले दिएको बयान अनुसार अहिले नयाँ तरिकाले लागुऔषध कारोवारी हुन थालेको छ,’ एसपी भट्टले भने, ‘तामाङसहित अन्य व्यक्तिको हात रहेको अनुमान समेत गरिएको छ।’

२०७४ साउन यता प्रहरीले १३० जनालाई पक्राउ गरी ९६ वटा लागु औषधसम्बन्धी मुद्दा चलाएको छ। जिल्ला प्रहरीले ८३ वटा मुद्दा चलाएको छ भने १३० जनालाई पक्राउ गरेको छ। यसैगरी इलाका प्रहरी कार्यालय रामपुरले सात वटा मुद्दा चलाएको छ भने १५ जना पक्राउ गरेको छ। यता इलाका प्रहरी कार्यालय कटारीले लागु औषधसम्बन्धी पाँचखाले मुद्दा चलाएको छ भने ११ जना पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय बेल्टारले एउटा मुद्दा चलाएको छ भने तीन जनालाई पक्राउ गरेको थियो। २०७४ साउन १ गतेबाट पुर्पक्षको लागि थुनामा गएका लागुऔषधका प्रतिवादीहरूको संख्या ४५ रहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.