|

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्रध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने बताएका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिएल कार्यक्रमको उदघाटन गर्दै  उपकुलपति कोइरालाले एमफिल कार्यक्रमले प्रदेशको समग्र विकास, समृद्धि र विश्वविद्यालयको प्राज्ञिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उपकुलपति प्रध्यापक डा. कोइरालाले विश्विद्यालयका विद्यार्थीको क्षमता अभिबृद्धिका लागी एमफिल कार्यक्रम सुरु गरिएको बताए। उपकुलपति कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रादेशिक बनाउने कर्णाली प्रदेशमा छलफल चलिरहेको भन्दै विश्वविद्यालयलाई प्रदेश सरकराको मातहतमा राख्नु पर्नेमा पनि जोड दिए। 

एमफिल कार्यक्रमले विविध अनुसन्धानमूलक कामलाई दत्तचित्त भएर लाग्न सहयोग गर्ने कोइरालाको भनाई छ। कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशलाई शिक्षा र स्वास्थ्य हबका रुपमा विकास गर्नु पर्नेमा जोड दिए। जसको नेतृत्व मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गर्नु पर्ने मन्त्री रावलको भनाई छ।

मन्त्री रावलले मध्यपश्चिमाञ्चल विश्वविद्यालय कर्णाली प्रदेशको गहना भएको भन्दै विश्वविद्यायभित्र केही समस्या भए सहकार्य गरेर जान प्रदेश सरकार तयार रहेको बताए। विश्वविद्यालयले कर्णाली प्रदेशवासीलाई उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको वीरेन्द्रनगरका नगरप्रमुख देबकुमार सुबेदीले बताए।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सोमबारदेखि एमफिल कार्यक्रम सुरू गरेको हो। सोमबार एक कार्यक्रमबीच विश्वविद्यालयमा पहिलो पटक व्यवस्थापन संकायअन्तर्गत एमफिल कार्यक्रम सञ्चालन भएको जानकारी गराएको हो। विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि विदेशी विश्वविद्यालयसँग पनि पाठ्यक्रम, विद्यार्थी आदान-प्रदान लगायतका कार्यक्रममा साझेदारी गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.