|

जबसम्म 'चार जात छत्तीस वर्णको फूलबारी' बनेको हाम्रा देशको नाम गोर्खा साम्राज्य थियो। त्यो बेलासम्म गोर्खा सरकार थियो। हिन्दु धर्मावलम्बी गोर्खा राजा थिए। आआफ्ना सनातन धर्मावलम्बी बहादुर, राष्ट्रवादी गोर्खा सेनानी र वीर गोर्खा प्रजाहरू थिए। उनीहरूका प्रयासले नै निर्माण गरेको हो यो देश। आआफ्ना मातृभाषा भएर पनि यो देशका गोर्खा जातिको सम्पर्क भाषा नाम खस पर्वते हुँदै बनेको भाषा नाम गोर्खा थियो र नै आजको साझाको बूढो बाबु 'गोर्खा भाषा प्रकाशिनी समिति' जन्माइयो।

देश विदेशको खबरका लागि आजको गोरखापत्रको बाबु 'गोर्खापत्र' थियो। गोर्खाका देशको सम्मानार्थ यो देशको पैसा/मुद्रामा समेत 'गोर्खा भवानी' उल्लेख हुन्थ्यो। अर्थात् गोरखनाथको बरद आशीर्वाद प्राप्त गोर्खा शक्ति थियो। त्यसैले न्याय दिने र न्याय पाउने गोर्खाहरूको गौरवशाली देश नै सम्मानित भएकाले देशमा सहकाल थियो। गोर्खाहरूसँग मागी खाने परम्परा थिएन, दिएर मात्रै खाने धर्म थियो। कस्ताकस्ता धनाढ्य देशहरूहरू गोर्खा राज्यसँग माग्न आउँथे। त्यस्ता माग्नेहरू मागेको भीख लिएर खुसी भई वीर गोर्खाहरूको सम्मान गर्दै जान्थे।

गोर्खाहरूको देशबाट अन्नपातलगायत धेरै वस्तुहरू निकासी हुन्थ्यो विदेशमा। आज जस्तो सबै कुरामा पराईको मुख ताक्नुपर्दैनथ्यो। हिजोआजको नेपाल र नेपाली जस्तो झोलीतुम्बा, कमण्डलु बोकी ठूलो जत्था लिँदै भीख माग्न मगन्ते बनेर विदेशतिर खोजी खान भौँतारिने चलन थिएन। जब हरुवानाम नेपाललाई देशको पहिचान नामकरण गरियो, त्यो दिनदेखि यो देशले पतनको बाटो समातेको हो भन्नलाई के अप्ठ्यारो छ र? झन यो देश गणतन्त्र भएपछि चाहिँ नेपालका नेपाली प्रधानमन्त्री, मन्त्री अर्थात् यो देशका शासक नेताहरूजति विदेशीहरूका सामु भए नभएका बनावटी कुरा गर्दै एउटा पराईको पोल अर्को पराईलाई सार्दै देशको आन्द्राभुँडी खोलेर देखाउँदै, सुनाउँदै पराईहरूबाट स्याबासी थाप्नका लागि देशको दिन नहुने तथा दिनै नमिल्ने अखण्डतासम्म पनि दिन्छौँ भन्दै माइत लगाएर अनुनय विनयका भाकामा 'दाँते पाखुरी' गर्दै भीख माग्ने काममा को भन्दा को कम छन् र?

खोइ त यो देश निर्माण गर्ने गोर्खाहरूको देश? नेपालीहरूले नालापानीमा अंग्रेजसँग युद्ध लडेर देश निर्माण गरे भनेर कति दिन भ्रम छर्दै शासकहरूले शासन गर्ने? तर जुन दिन गुरु गोरखनाथको कृपाले सम्पूर्ण गोर्खाहरूको नायक गोर्खाहरूका अगाडि उपस्थित हुनेछ, सोही दिनदेखि गोर्खाहरूका वीर पुर्खाहरूले निर्माण गरेको विशाल गोर्खा साम्राज्यका असंगठित गोर्खाहरू संगठित भएर टिष्टा-काँगडासहितको 'विशाल गोर्खा साम्राज्य' कायम गराउनेछन्।

यस्ता गतिछाडा काम हुन थालेपछि न देशको इज्जत रहन्छ, न देशबासीको गौरवपूर्ण स्वाभिमान। त्यसैले नै हो नेपाल देश र नेपाली नागरिकले हेपिनुपरेको। यो विषयमा अध्ययन अनुसन्धान गर्नलाई नेपाली विद्वानहरूको बोली फुट्न सकेको छैन। सत्य कुरा बोल्दा र लेख्दा इज्जत जाला भन्ने डर भएर होला इतिहासकारहरूले पनि कृत्रिम इतिहासको प्रचार प्रसार मात्रै गरेको। कृत्रिम इतिहासकै कारणले होला यो देशको इज्जत, मान, सम्मान, गौरव र स्वाभिमान कायम राख्ने अर्थात् यो देशको संप्रभुता जोगाएर राख्ने सामर्थ्य हालको संविधानले कायम गरेको शासन व्यवस्था, संघीय गणतान्त्रिक सरकार तथा यो सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्री र उनीहरूका भाइ भारदारहरूसँग छैन भन्ने कुरा प्रत्यक्ष र परोक्ष रूपमा प्रमाणित भइसकेको छ।

यी र यस्तै कारणहरूबाट लज्जित बनेका असंगठित रूपमा रहेका सामान्य जनमानसले आफ्ना पुर्खाहरूले निर्माण गरेको 'गोर्खा साम्राज्य' जोगाएर राख्नका लागि उनीहरूका मन-मस्तिष्कभित्र धुवाँको मुस्लो गुम्सन थालेको छ। गुम्सिएको धुवाँको मुस्लो ज्वालामा परिणत हुन के बेर? जसको अभिव्यक्ति भनेको नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड तथा कांग्रेसका सभापति शेरबहादुर देउवा र उनीहरू सबैका सानाठूला भाइभारदारहरूका अतिरिक्त माफियाहरूका फन्दामा फसिसकेका हालका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा उनीहरूका छाते, झोले, बैठके आदि आशामुखीहरूप्रतिको आक्रोश दिनमा दुई गुणा र रातमा चार गुणा बढिरहेकै छ। यस्तो आक्रोशलाई सरकारले गरेको दबाउने प्रयास निरर्थक बन्न छाडेको छैन। आक्रोश किन नबढोस् त? करको बोझले थिचिएका सामान्य जनमानसको दुखेसो न्याय मरेकाले सुनवाइ नहुने भएकाले हेपिन बाध्य हुनुपर्ने तथा गोर्खा बनाइएका गोर्खाहरूले विदेशबाट कमाएर पठाएको पैसाले शासकहरूले मोज गर्ने, उनीहरूको पैसा चल्ने तर उनीहरूका पुर्खाले भावी सन्तनका लागि निर्माण गरेको गोर्खा साम्राज्यमा उनै पुर्खाका सन्तान आज आएर देशविहीन हुनु भनेको कस्तो विडम्बना हो?

खोइ त यो देश निर्माण गर्ने गोर्खाहरूको देश? नेपालीहरूले नालापानीमा अंग्रेजसँग युद्ध लडेर देश निर्माण गरे भनेर कति दिन भ्रम छर्दै शासकहरूले शासन गर्ने? तर जुन दिन गुरु गोरखनाथको कृपाले सम्पूर्ण गोर्खाहरूको नायक गोर्खाहरूका अगाडि उपस्थित हुनेछ, सोही दिनदेखि गोर्खाहरूका वीर पुर्खाहरूले निर्माण गरेको विशाल गोर्खा साम्राज्यका असंगठित गोर्खाहरू संगठित भएर टिष्टा-काँगडासहितको 'विशाल गोर्खा साम्राज्य' कायम गराउनेछन्। त्यसपछि यो देशमा झूटको खेती गर्दै आएका राष्ट्रघाती अपराधीहरूको नाश हुने नै छ। जान अंजानमा भए पनि सबै सबैको प्रतीक्षा यसैमा छ। अन्त्यमा, 'गोर्खाका खुकुरी, कृपाण शिखका, डोग्राहरूका छुरा” भनेजस्तै नेपालीको चाहिँ के हो त?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.