|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज दबाबबाट यो सरकारलाई मन्जुर गराउँछु भनेर नसोच्न चेतावनी दिएका छन्।

सोमबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रिय योजना आयोगको सचिवालयका लागि विनियोजन गरिएको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै सरकारलाई तर्साएर मन्जुर गराउन सम्भव नभएको बताए।

उनले कसैको नाम नलिइ भने, 'कुनै दबाबले बेठिक कुरा मन्जुर गराउँछु भन्यो भने, अहिलेको सरकारलाई बेठिक कुरा मन्जुर गराउँछु भन्यो भने, दबाब दिएर थर्काएर तर्साएर मन्जुर गराउँछु भन्यो भने सम्भव छैन, मैले नम्र निवेदन गर्नुपर्छ।' उनले आफू शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने नीति लिएर अगाडि बढेको स्मरण गराउँदै भने, 'बेठिक कुरा कुनै दबाबबाट यो सरकारले मन्जुर गर्दैन। मैले अलिक अगाडि नै आफ्नो नीतिको बारेमा स्पष्ट पनि पारेको थिए सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने, सत्य यति बलशाली कार हो तथ्य तर्क औचित्य जस्ता कुराहरूसँग टक्कराउनु हुन्न।'

उनले त्यस्तो शक्ति आवधिक हुने भएकाले सत्य साथमा नभएको शक्तिसँग डारउनुपर्ने अवस्था नरहेको बताए।

चिकित्सा शिक्षा क्षेत्रमा सुधार गर्न चिकित्सा शिक्षा विधेयकमा सुधार हुनुपर्ने माग गर्दै अनशनमा रहेका डा. गोविन्द केसीलाई प्रधानमन्त्रीले जिद्दि गरेको आरोप लगाउँदै आएका छन्। उनले केसीले अनावश्यक दबाब दिन खोजेको उनको धारणा छ। उनले सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा पनि उक्त कुरा राखेका थिए।

उनले सरकारले कुनै पनि प्रकारको जिद्दि र अहंकारलाई एवं अनुचित दबाबलाई आफ्नो मार्गदर्शक सिद्दान्त र बाध्यता नठान्ने बताए। उनले भने, 'औचित्यपूर्ण कुरा, सही बाटो, तथ्य, तर्क आधारमा देशको हित हो उद्येश्य हो र सरकार त्यसमा दृढ छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.