|

सौराहा : नेपाल सरकारले चीनलाई उपहार दिन लागिएको ‘रुपसी र भद्र’ नामका गैंडा सोमबार साँझ घाँस खाँदै थियो। उसलाई खोरभित्र जान वानी पार्न स्याहारमा खटिएका कर्मचारीहरूले बुमा भन्दा बाहिर राखिएको खोरमा घाँस राखेका थिए। त्यही घाँस खान पिट बुमाबाट गैंडा खोरमा पसेका थिए।

मानिसको चहलपहल हुने वित्तिकै गैंडा पुन पिट बुमामा झरे। केही खानेकुरा ल्यायो की भनेर तिनीहरू आएका हुन्। मानिसको अनुहारमा पुलुपुलु हेरें। केही खानेकुरा नपाएपछि पुन घाँस भएको खोरभित्र नै पसे। चारैतिर काठले बारेको माथिल्लो भाग खुला रहेको सानो खोरलाई पिटबुमा भनिन्छ। त्यही बुमामा जाने मुल ढोकामा गैंडलाई लजान र ल्याउन प्रयोग गरिने काठको खोर राखिएको छ। असार २८ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यही काठको खोरमा राखेर प्लेनबाट गैंडा चीन पठाइने छ। 

मंगलबार सौराहाबाट काठकै खोरहालेपछि खोरसहित गैंडालाई काठमाडौं पठाउन लागिएको छ। सबै तयारी पूरा भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदप्रसाद ढकालले बताए। उनका अनुसार मंगलबार औपचारिक कार्यक्रम गरी गैंडा मध्यन्हतिर काठमाडौं पठाइने छ। सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रांगणमा चार गैंडा छन्। त्यसमध्ये दुई गैंडा पहिलाे चरणमा असार २८ मा चीन जाने छ। अन्य दुई गैंडालाई अर्काे आर्थिक वर्षमा पठाइने छ। 

गएको बैशाखमा जंगलबाट ल्याएका तीन गैंडा र अघिल्लो वर्ष बाढीले बगाएर भारतको सिमानामा पुर्‍याएको एक गरी यहाँ चार गैंडा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.