समाज : सुरक्षा/अपराध

श्रीमानले अर्की श्रीमती नल्याएको भन्दै श्रीमतीले गरिन् आत्महत्या
SHARES

असार २६, २०७५

    पर्वत : महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन्। 

    जिल्लाको बडीगाड गाउँपालिका –९, साविकको दर्लीङ गाविस १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षीया श्रीमती गीता मल्लले गएको आईतबार राति झुण्डिएर आत्महत्या गरेकी हुन्।

    छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिँदै आएकी गीताले लेखेको ‘सुसाईड नोट’ मा आफु स्वेच्छाले मरेको उल्लेख गर्दै श्रीमानलाई अर्को विबाह गर्न अनुरोध गरिएको छ। गीताले उक्त नोटमा विबाह गरेर गुल्मीमा रहेकी एक मात्र छोरीलाई आफू रहुन्जेल श्रीमानले विवाह नगरेको भन्दै आफू मरेपनि वुबालाई अर्को विवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन्।

    आईतबार साँझ दम्पत्तिलेसँगै खानाखाएपछि गीताले श्रीमानको लागि विस्तारा तयार परिन। श्रीमान ओछ्यानमा पल्टेपछि आफू केहीबेर टीभी हेरेर आउने भन्दै उनी कोठाबाट बाहिरीएकी थिईन। सधैँ टिभी. हेरेर केही ढिला सुत्ने जाने गीता त्यो दिन भने बिस्तारामा नभएको कुरा डिलबहादुरले बिहान ३ बजेमात्र थाहा पाएका थिए। 

    गीताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक–पटक अर्को विवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को विवाह गर्न आवश्यक नरहेको भन्दै विवाह गर्न अस्वीकार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]