|

थाइल्यान्डको एक गुफामा गत जुन २३ देखि फसेका बालकमध्ये हालसम्म आठको उद्धार भएको छ।

आइतबार चार जनाको उद्धार गरेका उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई मंगलबार बाहिर ल्याएका हुन्। योसँगै अब गुफाभित्र ५ जना मात्र रहेका छन्। गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन आइतबारबाट चुनौतीपूर्ण र जटिल उद्धार अभियान थालिएको थियो।

दुई दिनमा गरेर आठ जनाको उद्धार गरिसकेको थाइल्यान्डको जलसेनाले पुष्टि गरेको छ। गुफाभित्र चार बालक र फुटबल प्रशिक्षक मात्र बाँकी छन्। आइतबार उद्दार गरिएकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ। तर पछिल्लो पटक उद्धार गरिएकाहरुलाई भने सामान्य चिसो लागेको अधिकारीहरुले जनाएका छन्।

उद्धार गरिएकाहरुलाई हेलिकोप्टरमार्फत् चियाङराई सहरस्थित अस्पतालमा भर्ना गरिएको छ। अधिकारीहरुले उद्धार गरिएकाहरुको परिचय गोप्य राखेका छन्।
उद्धार गरिएका विद्यार्थीसँग उनीहरुका परिवारका सदस्यलाई समेत भेट गर्न दिइएको छैन। उद्धार टोलीमा थाइल्यान्डका ४० जनासहित विभिन्न देशका ९० जना सहभागी छन् ।

अब गुफाभित्र बाँकी चार बालकसहित पाँच जनाको पनि उद्धार गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.