|

बाँके : डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगामी वर्षको बजेट एकलौटी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न लागेको भन्दै वडाध्यक्ष र सदस्यरूले विरोध गरी गाउँसभा बहिस्कार गरेका छन्। वडा नं‍. ३, ४ र ६ का वडाध्यक्षले गाउँसभा बहिस्कार गरेका हुन्।

वडा कार्यालयको विकासका लागि विनियोजन हुने बजेट गाउँपालिकाको कार्यालयले मात्र सञ्चालन गर्ने निर्णय गर्न खोजेपछि वडाध्यक्ष र सदस्यले गाउँसभा बहिस्कार गरेको वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले जानकारी दिए। 

उनले अध्यक्षले बजेट आफ्नो नियन्त्रणमा राख्न खोजेपछि गाउँसभा बहिस्कार गरि बाहिरिएको बताए। ‘गत आर्थिक वर्ष जस्तै यो वर्ष पनि वडा कार्यालयलाई बजेट दिन असहमति जनाएपछि अध्यक्षको मनोमानी तोड्न गाउँसभा बहिस्कार गरेका हौँ,’ अध्यक्ष मिश्रले भने। 

अध्यक्ष चौधरीले वडाको विकासका लागि विनियोजित बजेट वडा कार्यालयलाई नदिएर गाउँपालिका कार्यालयमार्फत सञ्चालन गर्ने नीति बनाउन खोजेपछि बहिस्कार गरेको वडा नं. ३ का अध्यक्ष भण्डारीलाल यादवले बताए। 

वडाध्यक्ष र सदस्यहरुले वडाको विकासका लागि विनियोजित बजेट वडा कार्यालय मार्फत सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै गाउँसभा बहिस्कार गरेको वडा नं. ४ का अध्यक्ष सगिर खाँले बताए। वडाध्यक्षले बहिस्कार गरेपछि गाउँसभा प्रभावित भएको थियो। वडाको विकासका लागि विनियोजित रकम वडा कार्यालयबाट सञ्चालन गर्ने निर्णय नहुँदासम्म गाउँसभामा सहभागी नहुने वडा नं. ३ का अध्यक्ष यादवले बताए।  

तीन वटा वडाका अध्यक्ष र सदस्यले गाउँसभा बहिस्कार गरे पनि सभाले बजेट पारित गरेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए। केही वडाध्यक्ष र सदस्यले बहिस्कार गरे पनि गणपूरक संख्या पुगेका कारण गाउँसभाले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको उनले बताए।

गाउँपालिकाले आर्थिक वर्ष ०७५\०७६ का लागि २४ करोड पाँच लाख ७८ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाको तेस्रो गाउँसभाले चालू, सशर्त, वित्तीय समानीकरण र प्रदेश सरकारबाट प्राप्त बजेट पारित गरेको हो। 

संघीय सरकार अनुदानबाट २१ करोड ५७ लाख, प्रदेश सरकार अनुदानतर्फ एक करोड ८६ लाख ७८ हजार, आन्तरिक आयतर्फ ६२ लाख गरी कुल  २४ करोड पाँच लाख ७८ हजार रुपैयाँको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद रेग्मीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.