|

बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजीनामामा दिएका छन्।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जोनसोनले पेश गरेको राजीनामामा स्वीकृत गरिएका छ।  ब्रेक्जिट मन्त्रीले राजीनामामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजीनामामा दिएका हुन्। बेलायतका ब्रेक्जिट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजीनामामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन्। 

प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषदमा रहेका दुवैको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री कार्यालयले जनाएको छा डेभिस र जोनसनको राजीनालेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजीनामामाले ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ।

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनीहरुको राजीनामा आएको हो। ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएको अडानले उनीहरुबीच मतभेद भएको बताइएको छ। 

ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने उनीहरुको राजीनामामाको स्वागत गरेका छन्। प्रधानमन्त्री मेले राजीनामामा दिएका मन्त्रीहरूलाई विगतको काम र सहयोगका लागि धन्यवाद दिँदै चाडै नै उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त हुने जानकारी दिएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.