|

हुम्ला : बझाङ दहबगर गाउँपालिका– ५ का धनबहादुर बुढाले दुवै मृगौला काम नलाग्ने भएर उपचार गराइरहेका छोराको  उपचारका लागि सहयोगको याचना गरेका छन्। 

आमाको मृगौला प्रत्यारोपण गरेका मान्वा बुढाको मृगौलाले पुन: काम गर्न छोडेपछि रकम अभावले उनका बुवा धनबहादुर सहयोग माग्न निस्किएका हुन्। सहयोग माग्दै उनी सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, बैतडी लगायत १० जिल्ला पुगेका छन्। उनी अहिले हुम्लाका सर्वसाधारणसँग सहयोगको याचना गरिरहेका छन्।

मान्वाकाे उपचार काठमाडौंस्थित वीर अस्पतालमा ०६९ चैत १२ गते सुरु भएको थियो। खेतबारी र सम्पत्ति बेचेर हालसम्म ३३ लाख ७२ हजार खर्च भएको र थप उपचारका लागि रकम नभएपछि रातदिन हिँडेर सहयोग मागेको धनबहादुरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.