|

जापानमा बाढी पहिरोमा परि मृत्यु हुने संख्या १२६ पुगेको छ। 

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण हुनेको संख्या १२६ पुगेको  जापानी अधिकारीले जनाएका छन्।  जापानमा अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ। पहिरोमा परी धेरैको ज्यान गएको छ। बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन्। 

पहिरोको जोखिममा रहेका २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन्।  हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ। 

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ। हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ। 

प्रधानमन्त्रीको भ्रमण स्थगित 

यसैबीच जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण रोकेका छन्। 
बुधबारदेखि बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्टको भ्रमण गर्ने तयारी आबेको थियो।

जापानमा बाढी र पहिरोको प्रकोप जारी नै रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले सो भ्रमण स्थगित गरिएको जानकारी दिएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.