|

मनाङ : सम्झौताअनुसार ठेकेदारले पुल निर्माण नगर्दा मनाङवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सम्झौताको मिति सकिँदा बेंसीसहर–चामे सडकखण्डमा पुल बन्न सकेको छैन। पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम सम्पनन नगर्दा मनाङ जाने–आउने सवारी साधन खोलामा अलपत्र पर्ने गरेको छन्।

यस सडकखण्डमा पर्ने म्यार्दीखोला, तिमाङखोला, पिसाङखोला र दूधखोलामा क्यारवाहन कन्सल्टेन्सीले पुल निर्माणको ठेक्का लिएको छ। ०७५ असार मसान्तसम्म लमजुङ र मनाङ जोड्ने म्यार्दीखोलामा  बेलिब्रिज निर्माणका लागि दुई करोड २१ लाख रुपैयाँमा सम्झौता  गरेको थियो।

सडक डिभिजन कार्यलय तनहुँका उक्त पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि काम पूरा भएको छैन। मनाङ जाने एउटा मात्र सडकमा पुल नहुँदा बर्खायाममा खोलाले छेक्ने गरेको स्थनीय शेरबहादुर बिश्वकर्मले बताए।

पुल नहुँदा वर्षायाममा सवारी साधन ठप्प हुने चालक सन्तबहादुर गुरुङले बताए। सवारी सधान नहुँदा सर्वसाधरणका साथै बिरामी मर्कामा परेका छन्। ठेकेदार कम्पनीले भने भौगोलिक विकटताका कारण समयमा काम गर्न नसकेको बताएको छ। ठेकेदार कम्पनीका इन्जिनियर सुशील नकर्मीका अनुसार हिउँदमा बढी चिसो हुने र वर्षायाममा झरी तथा बाढीपहिरोका कारण काममा अवरोध हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.