|

जारी विश्वमा सर्वाधिक शक्तिशाली र डाइनामिक नेता मध्येमा पर्ने रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अहिले रसियामाथि गरिने अनेकन शंका आफै दुर हुँदै गएपछि निकै मख्ख देखिन्छन्।

विश्वकप आयोजना पछि पश्चिमादेशहरुलेनै रसियामाथी शंकाको नजर राखेक थिए। तर अब विश्वकपको अन्तिम चरणहरु बाँकी रहँदा सम्म रसियाको भब्य विश्वकप आयोजनाको रौनक अझै सेलाएको छैन्। अव सेमिफाइनल, प्लेअफ तथा फाइनल खेल  बाँकी छन्। अाज सेमिफाइनलको पहिलो खेल हुँदै छ। एक महिनासम्म चल्ने विश्वकपमा रसियाको सर्वत्र तारिफ मात्र भएको छैन उसको प्रसंसा समेत उत्कर्षमा छ।

पयर्टक, दर्शक तथा विशिष्ट पाहुनाहरुले दिल खोलेर रसियाको प्रशंसा गरेका छन् । आतिथ्य संस्कार, सुरक्षा व्यवस्था, भौतिकपूर्वाधार तथा विश्व स्तरीय रंगशाला देखेर पाहुनाहरु दंग छन्। त्यो भन्दापनि स्वतन्त्रतापुर्वकको मनरोञ्जनमा रसियाले पाहुनाहरुलाई पुर्ण स्वतन्त्रता दिएको छ। वियरका बोतलहरु बाटोमा खाँदै हिड्न पाएका छन्। भने खुसी मनाउनका लागि उनीहरुलार्इ बेपरवाह अवसर छ।

राष्ट्रपति पुटिनले फिफा अध्यक्ष जियानी इन्फाटिनोसँग एक विशेष कार्यत्रम बनाएरनै भेट गरे। उक्त भेटमा राष्ट्रपति पुटीन निकै उत्साही देखिन्थे । उनले भने  ‘यो तीन साता भित्र रसियाप्रति हेर्ने नजरमा ठुलो परिवर्तन आएको छ। पहिला हामीलाई नकरात्मक दृष्टिले हेर्नेहरुपनि अब त्यस्तो रहेनछ भन्ने अवस्थामा पुगेका छन्।’ उनले विश्वकपका कारण रसियाको छवि सुधारिएकोमा इन्फान्टिनोलाई धन्यवाद दिए। जारी विश्वकपमा पश्चिमेलीले नै प्रतियोगिता सफल नहुने तथा सुरक्षा व्यवस्थासमेत कमजोर हुन सक्ने दावी गर्दे विश्वकप अघि अनेकन अनुमानहरु गरेका थिए।

विश्वकप अघि पश्चिमेली सञ्चार माध्यमले रसियामा हुल्यांह समर्थकमाथि नियन्त्रण राख्न सकिने तथा रंगभेदी विरोधी कार्यक्रमले स्थान पाउने र त्यसले हिसां भडकन सक्ने अनुमान गरेका थिए । तर सबै ति अनुमानहरु ब्यर्थ रहे। सौभाद्रपुर्ण रुपमा विश्वकप सफल भयो। आयोजक रसिया क्वार्टरफाइनलबाट बाहिरिँदा समेत यहाँ घरेलु दर्शकले कुनै उपद्रो कार्य गरेनन्। उल्टो टिमको समर्थमा मस्ती गरे।

आफ्ना जनताको संयमता प्रति पुटिनले खुलेर खुसी ब्यक्त गरे। साथै रसियन राष्ट्रपति पुटिनले विश्वकपका क्रममा आएका फुटबल समर्थकहरु पुनः आउने विश्वास राखे। ३१ राष्ट्रबाट आएका समर्थकहरुले रसियालाई हेर्न नभ्याएको उनको भनाइ छ । ‘अहिले आएका हाम्रा पाहुनाहरुले रसिया खासै राम्ररी हेर्न भ्याएनन्, उनीहरु निकै छोटो समयका लागि आएका थिए, मलाई विश्वास छ विश्वकपछि पाहुनाहरु पुनः एकपटक रसिया आउने छन्।

भेटमा फिफा अध्यक्षका रुपमा इन्फान्टिनोले आफ्नो पहिलो कार्यकालमै विश्वकपको उत्कृष्ट आयोजना हेर्न पाएको भन्दै पुटिको प्रसंसा गरे।  ‘मेरो नजरमा यो विश्वकप उत्कृष्ट मध्ये एक हो,’ रसियाको प्रशंसा गर्दै उनले प्रहरी देखि नागरिकहरुले पाहुनाहरुलाई राम्रो व्यवहार गरेको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.