|

काठमाडौं : साउन २५ गतेबाट प्रदशर्नमा आउने फिल्म ‘कहीँ कतै’को ट्रेलर रिलिज भएको छ। मंगलबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो। फिल्मका सम्पूर्ण कलाकारहरुलाई फिचर गरिएको ट्रेलरमा रोमान्स तथा विछोडलाई देखाइएको छ।

सविर श्रेष्ठ निर्देशित फिल्ममा सोनम बरफुङ्गपा, सिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, उमा 'बेबी' गिरीलगायतको अभिनय रहेको छ। सिवानी र सोनमले यसै फिल्मबाट डेब्यु गरेका छन्।

उमा बेबीको निर्माण रहेको फिल्ममा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ। शिव ढकाल र बाबु श्रेष्ठले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। फिल्ममा द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.