|

काठमाडौं : निशा कँडेलको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। लामो समय संगीत सिकेर गायनमा लागेकी निशाले आफ्नो पहिलो गीतस्वरूप 'सधैँलाई' बोलको गीत सार्वजनिक गरेकी हुन्। अमन प्रधानको शब्द तथा संगीत रहेको गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति सँधै समर्पित भाव बोकेको छ।

राहुल प्रभानको निर्देशनमा तयार भएको भिडियोमा गायिका कँडेल र अमन प्रधानको अभिनय रहेको छ। चक्र महर्जनले छायांकन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.