|

काठमाडौं : आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा विस्तार गर्ने क्रममा काठमाडौं-३२, कोटेश्वरमा मंगलबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ।

वरिष्ठ इतिहासविद् तथा लेखक डा. श्री सत्यमोहन जोशीले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन्। शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि डा. श्री सत्यमोहन जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्‍याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे। साथै, उनले बचत खाता खोली, औपचारीक रुपमा कारोबारसमेत शुभारम्भ गरे।

उक्त कार्यक्रममा यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए। विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने भन्दै उनले बैंकको व्यवसाय वृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रूपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौं उपत्यकाभित्र कोटेश्वरलगायत महाराजगंज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११  शाखाहरू संचालनमा आई सकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रूपमा सेवा सञ्चालनको तयारीमा रहेको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.