|

ओखलढुंगा : ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा मेगा बैंकले आफ्नो सेवा विस्तार गरेको छ। जिल्लाकै दुर्गम तथा विकट क्षेत्र भनेर  चिनिने गाउँपालिकामा मेगा बैकले आफ्नो सेवा विस्तार गरेको हो। खिजीदेम्वामा सरकारी कामकाजको समेत अख्तियारी पाएको बैंकको शाखा मंगलबार उद्घाटन गरिएको छ।

ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंक मेनेजर सुमन रिजाल जानकारी दिए।  ‘क’ वर्गको मान्यता प्राप्त मेगा बैकले आफ्नो १०५ औं शाखाका रूपमा खिजीदेम्वा गाउँपालिकाको केन्द्र खिजीफलाटे बजारमा विस्तार गरेको हो। शाखाबाट अबका दिनमा खिजीदेम्वामा हुने सबै कारोवार बैंकले जनाएको छ। 

ओखलढुंगामा स्थानीय तहमा काम गर्ने गरी शाखा विस्तार गर्ने मेगा बैक दोश्रो बैंक हो भने यस अघि मोलुंग गाउँपालिकामा सनसाईज बैकले आफ्नो शाखा विस्तार गरेको थियो। जिल्लाका लिखु, चम्पादेवी, सुनकोशी र चिशंखुगढीमा अझै बैक नहुँदा स्थानीयहरूले सास्ती खेपिरहेका छन्।

ओखलढुंगाका आठ स्थानीय तहमध्ये यसअघि सिद्धिचरण नगरपालिका र मानेभञ्ज्यांग गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा रहेका थिए। अन्य स्थानीय तहमा अझै बैंकका शाखा स्थापना भएका छैनन्। खिजीदेम्वामा बैंकको शाखा स्थापना भएपछि अब सबै कारोबार गाउँपालिकाको केन्द्रबाट हुने भएकाले सहज भएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले बताए। यसअघि बैंक नहुँदा ससना कारोबार गर्न पनि तीन दिन लगाएर सदरमुकाम धाउनु पर्ने खिजीदेम्वा बासीको बाध्यता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.