विश्व

थाइल्याण्ड : गुफामा थुनिएका सबैको उद्धार
SHARES

असार २६, २०७५

    थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मंलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाइले आफ्नो फेसबुक पेजमा जनाएको छ।

    फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक १८ दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए।

    नौसैनिक स्रोतले दिएको जानकारीअनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ। यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो।

    नौसेनाल भनेको छ, 'सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ। उनीहरू सबै खतरामुक्त रहेका छन्।'

    यद्यपि उद्धारका लागि गुफाभित्र गएका चार जना भने मङ्गलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन्। उनीहरू बाहिर निस्कने क्रममा बाटोमा नै रहेका बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]