राजनीति

उपकुलपति कोइरालाको राजीनामा माग
SHARES

असार २६, २०७५

    दाङ : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा. कुलप्रसाद कोइरालाको राजीनामा माग गरिएको छ। विश्वविद्यालयको ऐन नियम मिचेर उपकुलपति विदेश भ्रमणमा जान खोज्नुले विश्वविद्यालयमा त्यस्ता धेरै गैरकानुनी काम भएको प्रष्ट हुने भन्दै अखिल क्रान्तिकारी जनता विद्यापिठ र अनेराश्ववियू जनता विद्यापीठले राजीनामा माग गरेका हुन्।

    शिक्षा मन्त्रालको विज्ञप्तिमा विश्वविद्यालयले शिक्षा मन्त्रालयसँग कुनै पनि परिपत्र नगरेको तथा विश्वविद्यालयका तर्फबाट कुनै स्पस्टीकरण नआउनुले गलत प्रवृतिको प्रोत्साहन गरिएको बुझिने भन्दै कोईरालाको राजीनामा माग गरिएको हो।

    साथै आफूहरूले विश्वविद्यालयमा विभिन्न मागहरूमा सहमती भए पनि ती सहमतीहरू कार्यान्वनयनमा विश्वविद्यालय उदासिन हुँदा विद्यार्थी मारमा पर्ने गरेको समेत विज्ञप्तिमा उल्लेख छ। विश्वविद्यालयका पदाधिकारी विद्यार्थीका समस्या समाधान तथा विद्यालयको स्तोरन्तीभन्दा पनि व्यक्तिवादी रूपमा आफूखुसी गर्ने प्रवृति मौलाएको समेत विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा विद्यापीठ इञ्चार्ज दुर्गा बिक, विद्यापीठ अध्यक्ष गणेश चौधरी, अनेरास्ववियू जनता विद्यापीठ इञ्चार्ज सर्जन परियार, अध्यक्ष दिवस क्षेत्रीले हस्ताक्षर गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]