|

दाङ : पैसा नदिएको भन्दै छोराले वृद्धा आमालाई कुटपिट गरी शक्त घाइते बनाएका छन्। दाङको लमही नगरपालिका-५ का ३८ वर्षीय यमबहादुर पुनले आफ्नै आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेका हुन्।

पैसा माग्दा आफूले नदिएपछि मादक पदार्थ सेन गरी कुटपिट गरेको पीडित ७६ वर्षीया आमाले तुलसी पुनले बताइन्। जग्गा किन्नका लागि भन्दै छोराले ५० हजार मागेको र बारम्बार मादकपदार्थ सेवन गर्ने बानीले पैसा दिन नसक्ने बताएपछि डाडुले पिटेको पुनले बताइन्। छोराले जग्गा बेचेर रक्सी खाने हुनाले उसलाई पैसा नदिएपछि मार्छु भन्दै कुटेको पुनले बताइन्।

कुटपिटबाट पुनको आँखा, टाउको र शरीरमा चोट लागेको छ। कुटपिट गर्ने छोरा यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहानै प्रहरीले यमबहादुर पुनलाई लमही बजारबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.