|

वीरगन्ज : वीरगन्ज महानगरपालिका-८ का भिखारी रामको हत्या अभियोगमा पर्सा प्रहरीले तिन जना अभियुक्तलाई पक्राउ गरेको छ। गएको असार १० गते वीरगन्जको घण्टाघर नजिकै शव फेला परेका रामको हत्या अभियोगमा १५ दिनदेखि अनुसन्धान गरिरहेको पर्सा प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका-२० बस्ने वर्ष ४० का महजिद मिया हजाम, सर्लाही बरहथवा-१० बस्ने वर्ष ४२ का भरत थापा र कास्की पोखरा लेखनाथ नगरपालिका-१ का वर्ष २९ का विजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। वीरगन्ज-८ कै पशुपति बैण्डका संचालकसमेत रहेका रामलाई गएको असार १० गते राति अन्दाजी १० बजेको समयमा सामान्य विवाद हुँदा मिया हजामले बाटोमा लडाई ढुंगाले पटकपटक टाउकोमा हानी कर्तव्य गरी हत्या गरेको उनको भनाइ छ।

त्यसै गरी हत्यापश्चात् थापा र नेपालीले मृतकको जिउ खानतलासी गरी निजसँग भएको मोबाइलसमेत लुटी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मिया हजामलाई आइतबार वीरगन्ज महानगरपालिका-२ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए। थापा र नेपालीलाई असार १८ गते नै बिहान साढे ९ बजे वीरगन्जको घण्टाघरस्थित सार्वजनिक स्थानमा हो हल्ला गरी अशान्ति मचाइरहेकोले पक्राउ गरिएकोमा उनीहरूसमेत सो घटनामा दोषी भएको खुलासा भएपछि कसुर तथा सजाय ऐन २०२७ बमोजिम तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.