|
सांकेतिक फोटो

महोत्तरी : दुई मोटरसाइकलमा आएका चार नकावधारीले १६ लाख ५२ हजार रुपैयाँ लुटेर फरार भएका छन्। जलेश्वर बर्दिवास सडकखण्डको मनरा सिस्वा नगरपालिका-६ जावख र सरपल्लोको बीचको बाटोमा अपरान्ह करिव चार बजे उक्त रकम हतियार देखाई नवाकधारीहरू लुटेर भागेका थिए।

मनरा सिस्वा नगरपालिका-७ सरपल्लोमा प्रभु मनि ट्रान्सफर संचालनमा रहेकोमा उक्त मनि ट्रान्सफरका कर्मचारी संजिव साहले जलेश्वरस्थित लक्ष्मी बैंकबाट १३ लाख ९३ हजार र प्रभु बैंक जलेश्वरबाट दुर्इ लाख ५९ हजार गरी जम्मा १६ लाख ५२ हजार रुपैयाँ ज६प ५७६४ नं. को मोटरसाइकलमा  सरपल्लोतर्फबा लिएर आउँदै गरेकोमा उनी लुटिएका हुन्। उनीहरू रकम लुटेर जलेश्वर बर्दिवास सडककै उत्तरतर्फ भागेको पीडितको भनाइ छ।

लुटेरा समूहका दुवै मोटरसाइकलको नम्बर आफूले हेर्न नसकेको र उनीहरूले नकाव लगाएकोले अनुहारसमेत चिन्न नसकेको पीडितले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताए। उनले तत्कालै प्रहरीलाई सकृय बनाइएकोले अपराधी छिट्टै पकडमा आउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.