सुनसरी : धरानमा जारी २१ औं आमन्त्रण बुढासुब्बा गोल्डकपमा शुक्रबार अन्तिम सेमिफाइनल खेल हुदैछ। दिउसो तीन बजे धरान रंगशा...

जुम्ला : बुधबार बिहान ६ बजे हुन लागेको जुम्ला-रारा अल्ट्रा म्याराथुनको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताको लागि आवश्यक स्रोतसाधनको व्यवस्था गरी तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गरिएको हो।
जुम्ला रारा अल्ट्रा म्याराथुनका लागि जिल्ला बाहिरबाट ३६ जना खेलाडीहरू आइसकेको कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले 'एक खेल, एक प्रशिक्षक'को व्यवस्था गरेर खेल क्षेत्रको विकास गर्ने बताएकी छन्। यस्तै जाजरकोट जिल्लाका पूर्व माननीय राजिव विक्रम शाहले खेलकुदको माध्यमबाटै कर्णाली प्रदेशको विकास हुने देखिएको बताए। कर्णाली प्रदेशको पहिचान कायम गर्नको लागी अल्ट्रा म्याराथुन हुन लागेको उनको भनाइ थियो।
यस्तै कार्यक्रममा उद्योग वन तथा प्रर्यटन मन्त्रालय कर्णाली प्रदेशका शाखा अधिकृत महेश कुमाईले प्रर्यटन प्रवद्धनको लागि खेल क्षेत्रको नै महत्त्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरे। प्रर्यटन प्रवद्धनका लागि मन्त्रालयले विशेष बजेट छुट्याएको उनले दाबी गरे।
अल्ट्रा म्याराथुनमा जिल्ला बाहिर र जिल्लाभित्रका गरी ६० जनाभन्दा बढी खेलाडीले भाग लिन लागेको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए। उनका अनुसार ६० जना खेलाडीमध्ये १६ जना महिला खेलाडीहरूले पनि म्याराथुमा भाग लिने भएका छन्।
जुम्ला बजारदेखि रारा तालसम्मको ४९ किलोमिटरको दूरीमा सञ्चालन हुने जुम्ला रारा अल्ट्रा म्याराथुनको रुट जुम्ला बजार हुँदै डाँफे लेक, न्याउरीगाड, चौथा, डाब, चुचेमारा हुँदै मिलिचौर भएर रारा तालमा रहेको हुटुमा गएर सकिने छ। पाँच ठाउँमा ब्रेक पोइन्ट राखिने छ। म्याराथुनको लागि आवश्यक मेडिकलको पनि व्यवस्था गरिएको शाहीले बताए।
जुम्ला-रारा अल्ट्रा म्याराथुनको लागि जिल्ला खेलकुद विकास समिति जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाले सहयोग गर्ने अध्यक्ष शाहीले बताए। जुम्लामा दोस्रो पटक जुम्ला रारा अल्टा म्याराथुन हुन लागेको हो। यसअघी सन् २०१४ मा पहिलो पटक जुम्ला-रारा अल्ट्रा म्याराथुन भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।