|

काठमाडौं : कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्मा र द काठमाडौं पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले दिएको राजीनामा स्वीकृत भएको छ। कान्तिपुरमा भारतीय पत्रिका टाइम्स अफ इन्डियाका पत्रकार रजनिशलाई अध्यक्षपछिको वरियता दिन लागिएको चर्चासँगै सम्पादकद्वयले राजीनामा दिएका हुन्।

दुवै सम्पादकले मंगलबार दिउँसो आ–आफ्नो समाचार कक्षमा कार्यरत सम्पादक टीमलाई बोलाएर आफ्नो राजीनामाबारे जानकारी गराएर कान्तिपुर मिडिया ग्रुपबाट बाहिरिएका छन्। सम्पादकद्वय शर्मा र उपाध्यायको राजीनामाको औपचारिक जानकारी बुधबार आउने बताइएको छ।

शर्मा बाहिरिएसँगै कान्तिपुर दैनिकको कार्यभार तत्कालका लागि सम्पादक हरिबहादुर थापाले सम्हाल्ने बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.