|

दुई हप्ताअघि थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफा र त्यहाँ फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको बारेमा विश्वभरका सञ्चारमाध्यम, उद्धारकर्मी र सर्वसाधारणको ध्यान यसैमा केन्द्रित भयो।

१८ औँ दिनमा मंगलबार प्रशिक्षकसहित चार बालकहरु गुफाबाट निकालियो।  बाढीको पानी पसेर चुनौतीपूर्ण बनेको गुफामा डरलाई जितेर उद्धारका लागि आफूहरूलाई नै जोखिममा धकेलेका उद्धारकर्मीले मंगलबार बेलुका राहको महसुस मात्रै गरेनन्, जीवनमा आफूले गरेको सबैभन्दा चुनौतीपूर्ण र आनन्ददायक कामको खुशीसमेत मनाए।

१२ बालक र प्रशिक्षकको सकुशल उद्धार भएपछि अहिले थाइल्याण्डमा उत्सव भएको छ। त्यसको विश्वभरबाट उनीहरुको उद्धारमा खटिएका अधिकारीहरूको प्रशंसा भएको छ। मंगलबार बेलुका मोपा (वाइल्ड बोएर) फुटबल टिमका सबै युवा खेलाडी र प्रशिक्षकको उद्धार भयो। उनीहरुको उद्धारका लागि विश्वभरका ९० उद्धारकर्मी खटिएका थिए।

उद्धार गरिएका सबै बालक र प्रशिक्षकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको जानकारी सरकारी अधिकारीले दिएका छन्। अहिले उनिहरूलाई अस्पतालमा राखएको छ। अहिलेसम्म उनीहरुका अभिभावकलाई भने भेट्न दिइएको छैन। उनीहरूले चाँडै नै अभिभावकसँग भेट्न पाउने थाइल्याण्डका अधिकारीहरूले जनाएका छन्। 

गत जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा घुम्न गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए। चिएङ्ग राईमा रहेको थामलुङ गुफा गएका उनीहरू गुफामा बाढीको पानी पसेका कारण निस्किने बाटो बन्द हुँदा फसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.