|

लहान :  सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा ३ मा खाल्डोमा जमेको पानीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कृष्णा सवरण गाउँपालिका ३ डङ्ग्राहीका जगदीश मण्डलका छोरा चार वर्षीय जीवन मण्डलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। घरमा भएकाहरु खेतबारीमा काम गर्न गएको समयमा खेल्ने क्रममा घर नजिकैको खाल्डोमा जमेको पानीमा बालक डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनलाई तत्काल उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा मंगलबार राती मृत्यु भएको हो। मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.