काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा पार्टी नियमावली, प्रदेश र जिल्ला तह तथा जनवर्गीय संगठनको एकताबारेमा छलफल भइरहेको जनाइएको छ।
त्यस्तै बैठकमा पार्टी नियमावलीलाई अन्तिम रुप दिने तयारी भैरहेको छ। यस अघि पार्टीको नियमावलीलाई अन्तिम रुपदिन तिन सदस्यीय कार्यदल गठन गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।