|

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ।

याकातुत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्ष्य गरी गराइएको विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन्। मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो। बिलौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए। पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ। चुनाव नजिकिँदै गर्दा हिंसात्मक घटना बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.