|

अबको सिजनमा रियल म्याड्रिडबाट पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डो देखिनेछैनन् । उनी मंगलबार मात्र १ सय १२ मिलियन युरोमा रियलबाट अब इटालियन क्लब युभेन्टस पुगेका छन्। रियलमा रहँदा रोनाल्डोले व्यक्तिगत तथा रियलका लागि पनि सबैखाले उपलब्धि हासिल गरे उनले गरेको मुख्य उपलब्धि अंकमा

४५१ रोनाल्डोले रियल म्याड्रिडमा रहँदा गरेको गोल संख्या हो। उनले ४ सय ३८ खेलमा ४ सय ५१ गोल सम्भव बनाए।

१७ उनले च्याम्पियन्स लिगमा २०१३-१४ मा  गरेको गोल हो। 

१०५ उनले च्याम्पियन्स लिगमा गरेको कुल गोल संख्या हो। गत सिजनको च्याम्पियन्स लिगमा उनले १५ गोल गरेका थिए।

३११ लालिगामा रोनाल्डोले गरेको गोल संख्या हो।

१६ रानाल्डोले क्लबमा रहँदा जितेका महत्वपुर्ण उपाधिको संख्या हो। उनले ४ च्याम्पियन्स लिग, तीन क्लब विश्वकप र दुई पटक लालिगाको उपाधि रियललाई दिलाउँदा महत्वपुर्ण भुमिका निर्वाह गरे।

४४ यो रोनाल्डोले क्लबका लागि गरेको ह्याट्रिकको संख्या हो। उनले लालिगामा मात्र ३४ ह्याट्रिक गरेका छन्।

६१ उनले एकै सिजनमा गरेको सर्वाधिक गोलको संख्या हो। २०१४-१५ मा उनले ६१ गोल गरे।

६५९ उनको यो करिअरको गोलको संख्या हो । स्पोर्टिङ लिसबनमा ५ गोल गरेका उनले , म्यानचेस्टर युनाईटेडमा १ सय १८ रियल म्याड्रिडमा ४५१ तथा पोर्चूगलका लागि ८५ गोल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.