|

गुल्मी : घरेलु तथा साना उधोग विकास समिति गुल्मी शाखाले जिल्लाका उधमीहरूलाई प्रविधि हस्तान्तरण गरेको छ। कार्यलयको वार्षिक कार्यक्रमअनुसार जिल्लाका ४६ जना उधमीलाई १२ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको कार्यलयले जनाएको छ।

जिल्लाका उधमीहरूद्वारा माग भई आएका मागहरूको आधारमा सिलाई मेसिन, इन्टरलक मेसिन, मसला प्रशोधन मेसिन, विधुतीय घाँस काट्ने मेसिन , साइजरहरूलगायत ८० प्रतिशत छुटमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पोखरेल, जिल्ला समन्वय समितिका प्रमख लक्ष्मण पराजुली र कार्यलय प्रमुख मिन ओझाले संयुक्त रूपमा हस्तान्त्रण गरेका हुन्।

प्रविधि हस्तान्त्रण भइसकेपश्चात सुधा सिलाई कटाई तथा प्रशिक्षण केन्द्रकी सरिता हिताङले अझै व्यवसायीलाई व्यवसायीक बनाउनमा ठूलो प्रेरण मिलेको भन्दै आगामी दिनमा व्यवसायलाई भष्टाउदै लैजाने बताइन्। यस्तै इश्मा गाँउपालिका २ मा सञ्चालिन विश्वकर्मा गिठी तथा ग्रिल उद्योगका सञ्चालक मानबहादुर सुनारले यसैगरी नेपालमा उद्यमीलाई प्रोत्साहन हुने हो भने युवाहरू विदेश धाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए। कार्यक्रममा यस आर्थिक वर्षको प्रगती समीक्षासमेत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.