काठमाडौं : चालू आर्थिक वर्षको बजेट खर्च गर्ने समय सकिँदै जाँदा बजेट रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ। अर्थमन्त्रालयले रक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा ४० प्रतिशतबाट घटाएर २५ प्रतिशत मात्रै दिन पाउने व्यवस्था गरेको छ। अब बैंक तथा वित्तिय संस्थाले प्राथमिक पुँजीको २५ प्रतिशत मात्रै मार्जिन प्रकृतिको कर्जा दिन पाउने छन्। यस अघि ४० प्रतिशत दिन पाउने व्यवस्था थियो।
तर केन्द्र बैंकले मार्जिन कलको सिमा भने बढाएको छ। शेयर धितोमा राखेर ल्याएको ऋणमा शेयरको मुल्य २० प्रतिशतले घट्दासम्म मार्जिन कल नआउने भएको छ। अहिले १० प्रतिशत मुल्य घट्ने वित्तिकै मार्जिन कल आउने व्यवस्था छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।