|

तनहुँ : व्यास नगरपालिका-३ सफासडकस्थित मोवाइल हाउसबाट ३३ थान मोवाइल चोरी भएको छ। सिटी मोवाइल हाउसबाट सामसुङ र ओप्पो गरी ३३ थान मोवाइल सेट चोरी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बिहान पसल खोल्न आउँदा आफ्नो पसलमा चोरी भएको थाहा पाएको मोवाइल हाउसका सञ्चालक शेषराज श्रेष्ठले बताए। श्रेष्ठका अनुसार महँगो मूल्यका मोवाइलहरू चोरी भएको हो।

यसैबीच मोवाइल हाउसमा भएको चोरीको घटनाका विषयमा सिसिटिभी फुटेजबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए। सफासडककै छेउमा रहेको मोवाइल हाउसबाट ताला फोडेर मोवाइल चोरी गरेको पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.