|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई समृद्ध बनाउन सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गरेको स्पष्ट पारेका छन्।

गृहमन्त्री थापाले सबै नेपालीलाई समृद्ध बनाउने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुको विकल्प नरहेको पनि बताए। बुधबार काठमाडौंमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा कायम गरिएको सिन्डिकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने पनि स्मरण गराए। उनले जनतालाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि बताए।

मन्त्री थापाले सरकारले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले मुलुकको समृद्धिको अभियानमा साथ दिन यातायात व्यवसायीहरुलाई पुनः आग्रह गरे।

गृहमन्त्री थापाले मुलुकलाई विकास र समृद्धि बाटोमा अघि बढाउने मूल दायित्व सरकार र जनप्रतिनिधिहरुको रहेको पनि बताए। उनले बहुसंख्यक गरिव नेपालीहरू र रोजगारीको खोजीका विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन पनि सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाउनु परेको पनि बताए।

गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रूपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.