|

काठमाडौं : वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने अडान लिएको नेपाल चिकित्सक संघलार्इ स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न सचेत गराएको छिन्।  साथै उनले जुम्लामा अनशनरत प्रा डा केसीका माग पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि दाबी गरिन्।

राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्वारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गरेर जान वार्तामा बस्न पटकपटक आग्रह गरेको पनि स्मरण गराइन्। 'डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो, सुरुमा उहाँ आँफै वार्तामा आउन चाहनुभएन', उनले भनिन्, ‘हिजोदेखि केही लचकतामा आउनुभएको छ, उहाँले उठाएका मागहरूको बारेमा सरकार गम्भीर छ।'

उनले डा केसी काठमाडौं आउन नमाने सरकारी टोली जुम्लामै गएर वार्ता र सम्वाद गर्न तयार रहेको जिकिर गरिन्। उनले भनिन्, 'यदि उहाँ काठमाडौं आउन मान्नुभएन भनेपनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत सहमति गरेर उहाँको अनशन तोडाउँछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.