|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई समान हैसियतमा पुर्‍याउन आफू सफल भएको दावी गरेका छन्।

प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलोपटक बराबरीको हैसियतमा ल्याउन सफल भएको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावी पनि गरे। उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी पनि गरे।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने पनि स्पष्ट पारे। उनले प्रमुख प्रतिपक्ष कांग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलताभित्र कुनै दम नहुनेमा आफू सचेत रहेको तर्क पनि गरे।

प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको पनि बताए। उनले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको पनि स्मरण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.