राजनीति

कृषिमन्त्री खनालद्वारा मालपोत कार्यालयको पनि अनुगमन सुरु
SHARES

असार २७, २०७५

    काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बुधबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेका छन्।

    मन्त्री खनालले बुधबार कार्यालय समय सुरु हुनेबित्तिकै कलंकीस्थित मालपोत कार्यालयको एक्कासी अनुगमन गरेका हुन्। राज्यमन्त्री रामकुमारी चौंधरीसहित मालपोत कार्यालयमा पुगेका उनले  सेवाग्राहीलाई सास्ती नहुने गरी कायालयको सेवालाई सहज बनाउन मातपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई निर्देशन दिए।

    उनले मालपोत कार्यालय भ्रष्टाचारको अखडा रहेको सेवाग्राहीले गुनासो गरेपछि आफूले अनुगमन सुरु गर्नु परेको पनि स्पष्ट पारे।  त्यस अवसरमा प्रमुख मालपोत अधिकृत अधिकारीले सेवा ग्राहीको सेवा सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरिदिन मन्त्री खनालसँग आग्रह गरेका थिए। अनलाईन सेवा संचालन भएपनि इन्टरनेटका कारण त्यसमा समस्या आउने गरेको पनि कर्मचारीले मन्त्री खनालसँग गुनासो गरेका थिए।

    मन्त्री खनालले सेवाग्राहीले बिचौलियाका कारण दुःख पाईरहेको उल्लेख गर्दै त्यसको सहज व्यवस्थापन गर्न पनि पोलपोतका कर्मचारीहरुलाई सचेत गराए। अनुगमनका क्रममा उनले सेवाग्राहीहरुसँग मालपोतको सुधारका लागि सुझाव पनि लिएका थिए। 

    यस अघि मन्त्री खनालले कालिमाटी फलपूmल तथा तरकारी बजार र बालाजु औद्योगिक क्षेत्रमा रहेको तीन वटा दुध उत्पादन कम्पनीहरुको पनि  अनुगमन गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]