|

काठमाडौं : सभापति नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका नेविसंघका बहुमत पदाधिकारीहरुले बुधबार अधिबेशनको घोषणा गरेका छन्। केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बुधबार बाल्मीकी विद्यापीठमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म कीर्तिपुरमा १२ औं महाधिबेशन आयोजना गर्ने निर्णय गरेको हो।

जम्मा केन्द्रीय सदस्यहरुको ८७ जनाको उपस्थितिमा भएको बैठकबाट अधिबेशन घोषणा गरिएको केन्द्रीय सदस्य एलिजा ढकालले बताइन् । बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिइन्। बैठकबाट महाधिबेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु गठन गरेको छ।

बैठकमा उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारी र महामन्त्री कुन्दन काफ्लेको उपस्थिति थियो। महाधिवेशनको विकल्प महाधिवेशन नै भएको र महाधिवेशनबाटै सम्पुर्ण नेविसंघ एकठाउमा आउने सक्ने कुरा नेविसंघ उपाध्यक्ष प्रकाश रानाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.