|

काठमाडौं : डा गोविन्द केसीलाई लिन जुम्ला जान लागेको हेलिकोप्टर रोकिएको छ। मन्त्रिपरिषद्की डाक्टर तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्या सिंह र नेपाल चिकित्सक (एनएमए)का प्रतिनिधि हेलिकोप्टर लिएर डा. केसीलाई लिन जुम्ला जाने कार्यक्रम तय भएको भए पनि  नेपाल मेडिकल एशोसिएसन (एनएमए) ले प्रतिनिधि नपठाएपछि हेलिकोप्टर रोकिएको हो।

नेपाल चिकित्क सघं अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने सरकारले अहिले  वार्ताको लागि चासो नदेखाएका कारण हाल डा केसीलाई लिन गए पनि उहाँ आउने सम्भावना न्यून रहेकाले आफूहरूले प्रतिनिधि नपठाएको बताए।

उनले भने, 'सरकारले वार्ताको लागि वाचा नगरेसम्म लिन गए पनि उहाँ आउन  मान्नु हुन्न होला। त्यही पनि उहाँको स्वास्थ्य अवस्थाका कारण उहाँलाई रेस्क्यु‍ गर्नु परे हामी आफैँ गर्छौं।'

यता, मन्त्रिपरिषद्की डाक्टर तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्या सिंहले भने  प्रतिकूल मौसमको कारण आज जान नसकिएको बताइन्। उनले भनिन्, 'हामी आज उहाँलाई लिन जाने भने पनि खराब मौसमका कारणले जान सकेनौँ, मौसमले साथ दियो भने भोलि हामी जान्छौँl'

डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं ल्याएर उपचार गर्दै वार्ताका लागिसमेत पहल गर्ने योजनास्वरूप डा केसीलाई रेस्क्यु गर्न नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाउने तयार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.