समाज : सुरक्षा/अपराध

जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा किनारा
SHARES

असार २७, २०७५

    असार : जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४/०७५ को हालसम्म  ६०.१५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ।

    चालु आर्थिक वर्षको असार २६ गतेसम्म छ हजार ४७३ वटा मुद्दा दर्ता भएकोमा तीन हजार ८९४ वटा मुद्दा किनारा लगाएको अदालतले जनाएको छ।

    अदालतले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार दुर्इ हजार ५७९ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ। जसमा अघिल्लो आर्थिक वर्षबाट फछ्र्यौट हुन बाँकी रहेको मुद्दा चालु आर्थिक वर्षमा दुर्इ हजार २१३ वटा जिम्मेवारी सरेर आएको थियो।

    जिल्ला न्यायाधीश राजुकुमार खतिवडाका अनुसार मोरङमा अंश र सम्बन्ध विच्छेद गर्ने संख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ। मोरङमा फछ्र्यौट भएको सबैभन्दा बढी मुद्दासमेत अंश र सम्बन्ध विच्छेद रहेको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए।

    गत आर्थिक वर्षमा ६९७ वटा अंशसम्बन्धी मुद्दा फछ्र्यौट भएको थियो। चालु आर्थिक वर्षमा अंशमुद्दा एक हजार ७५ वटा दर्ता भर्इ ५८६ वटा फछ्र्यौट भयो भने ४८९ वटा मुद्दा बाँकी रहेको अदालतको तथ्यांकमा देखिन्छ।

    अंशपछिको सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको छ। कम उमेरमा विवाह गर्नु, एक आपसमा भावना नमिल्नु र वैदेशिक रोजगारको कारणले गर्दा जिल्लामा सम्बन्ध विच्छेदको घटना बढेको न्यायाधीश खतिवडाको भनाइ छ। गत आर्थिक वर्षमा ८१९ वटा सम्बन्ध विच्छेदको मुद्दा फछ्र्यौट भएको थियो।

    चालु आर्थिक वर्षमा ८६६ वटा सम्बन्ध विच्छदको घटना दर्ता भएकोमा ६७७ वटा फछ्र्यौट भएको छ भने १८९ वटा बाँकी रहेको छ। सम्बन्ध विच्छेद भएकाहरूमा अधिकांश प्रेमविवाह गर्नेहरू छन् भने २० देखि ३५ वर्ष उमेर समूहका धेरै छन्।

    अहिले अदालतमा १८ महिना नाघेका २४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन्। निरन्तर सुनुवाई गर्नुपर्ने ३५४ मुद्दा अदालतमा दर्ता भएकामा १०३ मुद्दा फछ्र्यौट भएको छ भने बाल इजलाससँग सम्बन्धित २८ वटा मुद्दा दर्ता भएकोमा २१ फछ्र्यौट भएको र सातवटा बाँकी रहेको खतिवडाले बताए।  मेलमिलापबाट १६१ वटा मुद्दा मिलाएको खतिवडाले जानकारी दिए।

    अदालतले न्याय सम्पादन प्रक्रियालाई थप प्रभाबकारी बनाउन वर्षमा चारवटा समुदायमा अदालत कार्यक्रम गर्ने गरेको छ। न्यायाधीशहरू नै समुदायमा पुगेर न्याय सम्पादन प्रक्रिया र अदालतको काम कारबाहीबारे अन्तरक्रिया गर्ने गरेको अदालतका श्रेस्तेदार दुलालले जानकारी दिए।

    अदालतले सेवाग्राहीसँग मिट द जज, जिल्ला न्याय क्षेत्र समन्वय समिति र अदालत व्यवस्थापन समितिमा अदालतको कामबारे अन्तरक्रिया र नियमित स्टाफ मिटिङ गरेर न्याय सम्पादन प्रक्रियामा सुधार गर्दै आएको जनाएको छ। फैसला गरिएका मुद्दाहरूमा फैसला कार्यान्वयनको लागि पनि अदालतले ध्यान दिएको जनाएको छ। फैसला कार्यान्वयनतर्फ ८६७ वटा निवेदन दर्ता भएकोमा ५९९ वटा फछ्र्यौट गरिएको छ भने २६८ वटा बाँकी रहेको छ।

    पछिल्लो समय युवा समूहले लागुऔषधको सेवन र ओसारपोसारले गर्दा लागुऔषको मुद्दा प्रत्येक वर्ष बढ्दो रहेको अदालतको अभिलेखले देखाउँछ। २८८ वटा लागुऔषधको मुद्दा दर्ता भएकोमा २२३ वटा फछर्यौट र ६५ वटा बाँकी रहेको छ। गत वर्ष  २०८ वटा मुद्दा फछ्र्यौट भएको थियो।

    चालु आर्थिक वर्षमा बहुविवाहमा ३२ वटा मुद्दा दर्ता भएकोमा २१ वटा फछ्र्यौट र ११ वटा बाँकी छ। १५८ वटा जवरजस्ती करणी मुद्दा दर्ता भएकोमा ९६ वटा फछर्यौट भएको छ भने ६२ वटा बाँकी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]