काठमाडौं : टिपरका कारण सवारी दुर्घटना बढेको भन्दै गृह मन्त्रालयले उपत्यकामा दिउँसो टिपर चलाउन रोक लगाएको छ। गृह मन्त्रालयले टिपरका कारण उपत्यकामा सवारी दुर्घटना बढेको भन्दै बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर सञ्चालनमा रोक लगाउन निर्देशन दिएको हो ।
गृहको यो निर्देशनसँगै अबदेखि राति ८ बजेदेखि बिहान ८ बजे सम्म मात्रै टिपर चल्न पाउनेछन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १ सय ८ वटा दुर्घटना मध्ये ४० वटा दुर्घटना टिपरकै कारण भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।