समाज

शिक्षण अस्पतालका चिकित्सकहरू पनि सडक आन्दोलनमा
SHARES

असार २७, २०७५

    काठमाडौं : काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालका चिकित्सकहरूले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने भएका छन्।

    शिक्षण अस्पतालका चिकित्सकहरूले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माइतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन्। देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस भनेर आमरण अनशन बसेका वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा. सन्तोष उपाध्यायले बताए।

    चिकित्सकहरूले वरिष्ठ चिकित्सक केसीसँग पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरू घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन्। उनीहरूले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]