|
फाइल फोटो

जनकपुरधाम : प्रदेश-२ को बुधवार बसेको प्रदेशसभा बैठकबाट सर्वसम्मत रुपमा तीनवटा विधेयक पारित भएको छ। प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले ‘प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि प्रदेश प्रहरी सेवासम्बन्धी अध्ययन गठनसहितको प्रस्ताव पेस गरेकोमा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो।

प्रदेश प्रहरी सेवासम्बन्धी अध्ययन गठनसहितको प्रस्तावमा पाँच सदस्यीय संसदीय समिति गठन गरेको गरेको छ। समितिमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट शैलेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट सुरिता साह, नेकपाका तर्फबाट रामचन्द्र मण्डल, सुन्दरमणि विश्वकर्मा, नेपाली कांग्रेसका तर्फबाट रामसरोज यादव रहेका छन्।

यसैगरी मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेश-२ को नीति आयोग गठन तथा कार्यसञ्चालको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सभामा छलफलपश्चात् सर्वसम्मत रूपमा पारित भएको थियो।

यसैगरी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री विजय कुमार यादवले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक, २०७५ माथि छलफलका लागि गरेको प्रस्तावमा छलफलप्र्श्चात सर्वसम्मत रूपमा पारित भएको सभामुख सरोज कुमार यादवले घोषणा गरेका थिए। संसदको आगामी बैठक श्रावण १० गते दिनको ३ बजे सम्मको लागि स्थगित गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.