समाज

माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु, एक घाइते
SHARES

असार २७, २०७५

    पर्वत : बागलुङमा घर लिप्ने माटो खन्ने क्रममा खोल्डोभित्र रहेको अवस्थामा माटोको ढिस्कोले पुर्दा एक वृद्धाको मृत्यु भएको छ।

    जिल्लाको पश्चिम निसीखोला गाउँपालिका-२ काल्नेचौरस्थित रातामाटा भन्ने ठाउँमा माटो खन्दै गरेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा निसीखोला २, बायखोलाकी ६० वार्षीया भूमा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालग बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

    सोही घटनामा बायखोलाकै २८ वर्षीया कौशिला कार्की घाइते भएकी छिन। कुवँरको घटनास्थलमै मृत्यु भएको हो भने घाइते कार्कीको खुट्टामा चोट लागेको छ।

    यसअगाडि, गएको फागुनमा सोही स्थानमा माटोको ढिस्कोले पुरिँदा अम्बी बिक घाइते भएपछि लामो समयको उपचारपछि उनलाई निको भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]