|

नवलपरासी : सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ९१ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। तेश्रो गाउसभामा उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्। बजेटले पूर्वाधार विकार र शिक्षामा विशेष जोड दिएको छ।

गाउँपालिकाले चालु खर्चतर्फ १८ करोड १५ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ २१ करोड ७६ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले सवैभन्दा बढी पूर्वाधार विकासतर्फ ९ करोड २५ लाख बजेट विनियोजन गरेको छ। कृषि तथा पशुपालनतर्फ ८४ लाख ९८ हजार , सहकारीतर्फ पाँच लाख, उद्योग वाणिज्य तथा प्रोत्साहानतर्फ पाँच लाख रकम विनियोजन गरेको छ।

संस्कृति तथा पर्यटनतर्फ २२ लाख, खानेपानी तथा सरसफाईतर्फ २० लाख , शिक्षा क्षेत्रमा ८ करोड ३१ लाख १५ हजार , स्वास्थ्यमा एक करोड ६४ लाख ९८ हजार विनियोजन गरेको छ। सिँचाइ तथा नदी नियन्त्रणतर्फ ७९ लाख ५० हजार, युवा तथा खेलकुदतर्फ एक करोड एक लाख, वन तथा वातावरणतर्फ २५ लाख , विपद् व्यवस्थापनतर्फ १९ लाख ७८ हजार रकम विनियोजन गरेको छ।

सेवा प्रवाह तथा संस्थागत विकास सुशासनमा ३३ लाख, लैंगिक समानता र सामाजिक समावेशीकरण कार्यक्रमतर्फ ५९ लाख ७२ हजार र विविधमा पाँच लाख रकम विनियोजन गरेको छ। गाउँपालिकाले नेपाल सरकारबाट सशर्त अनुदान ८ करोड ७० लाख, निशर्त अनुदान ११ करोड १९ लाख रुपैयाँ गरी कुल ३५ करोड ८० लाख ८ हजार प्राप्त गरेको छ।

राजश्व बाँडफाँडबाट ७ करोड ६८ लाख २४ हजार प्राप्त हुने अनुमान गरेको छ। प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ४५ लाख ३६ हजार, शसर्त अनुदानतर्फ ९६ लाख राजश्व बाँडफाँडबाट ४० लाख दुर्इ हजार गरी कुल १ करोड ३६ लाख २ हजार प्राप्त हुने अनुमान गरिएको छ। तराई/मधेश समृद्ध कार्यक्रमअन्तर्गत ४८ लाख प्राप्त हुने र आन्तरीक राजश्वबाट एक करोड ५३ लाख १० हजार आम्दानी गरी एक करोड बचत हुने अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.