|

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा संचालित उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमै घरेलु टिम रौतहटले बारालाइ पराजित गरेको छ।

चन्द्रपुर नगरपालिका-६ स्थित स्व शेरबहादुर दर्लामी खेल मैदानमा बुधबारदेखि सुरु भएको रौतहटले बारालाई ४–० को फराकिलो अन्तरले हराएको हो। खेलको मध्यान्हपछिको ३४औँ मिनेटमा रौतहटकी अस्मिता बैधले टिमका लागि पहिलो शानदार गोल गरेकी थिइन। बाराकी गोल किपर शोनु मैनालीले रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन। रौतहटकी रश्मिकुमारी घिसिङले पटक पटक बिपक्षिको पोलमा गोल गर्ने प्रयास गरेकि थिइन। तर बाराकी डिफेन्स यलिना खड्काले असफल बनाइदिइन। 

खेलको ५४औँ मिनेटमा रौतहटकी मनिषा राउतले शानदार दोश्रो गोल गरेर टिमलाई २–० को अग्रता दिलाइन। खेलको ५७औँ मिनेटमा बाराले फल प्रहार गर्ने अवसर पाएको थियो। उसको गोल किपर शोनु मैनालीले प्रहार गरेको बल रौतहटको गोल पेष्ट बाहिरबाट गएको थियो।

बारा गोल गर्ने अवसरबाट चुकेको थियो। खेलको ६०औँ मिनेटमा रौतहटकी मनिषा राउतले टिमका लागि तेश्रो गोल गरिन। उनलाई टिमकी रोजिना श्रेष्ठले पास दिएकी थिइन। खेलमा रोजीनाले उत्कष्ट प्रदर्शन गरेकि थिइन। मध्यान्हपछि रौतहटरको खेल पास ७० र बाराको ३० मा थियो।

रौतहटकी दिलकुमारी राना, रोजिना श्रेष्ठ, मेनुका आले, रश्मिकुमारी घिसिङ र गोलकिपर कबिता राईले राम्रो खेल प्रदर्शन गरेका थिए। खेल समाप्तिको अन्तिम समयमा रौतहटकी मेनुका आलेले टिमका लागि चौथो गोल गरेकी थिइन्। बाराले एक गोल पनि फर्काउन सकेन ।

अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहट फुटबल संघले ब्यवस्थापन गरेको राष्ट्रिय खेलमा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलामा, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलाली गरि १३ वटा महिला फुटवल टिम सहभागी रहेको रौतहट फुटबल संघका महासचिव मधु धितालले जनाए। धितालका अनुसार बिहीबार दोस्रो खेल पाँचथर र कास्की दोश्रो खेल सुनसरी र ईलामबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.