|

हुम्ला : हुम्लाको सर्केगाढ-१ र मुगु जिल्लाको शोरु गाउँपालिका ५ का स्थानीय बासिन्दाले पहिलो पटक बिजुली बत्ती बालेका छन्। दुवै जिल्लाका दुर्गम गाउँमा अहिलेसम्म बत्ती नभएको अवस्थामा स्थानीयाले आफ्नै प्रयासमा बिजुली बत्ती बालेका हुन्।

जैर गाउँमा पानीको श्रोत नभएकोले दुवै जिल्लाका गाउँले मिलेर अहिले  ६५ किलोवाट नेरघाट सानाजलविद्युत आयोजनाबाट बिजुली उत्पादन  भएको छ।

२०६८ देखि मुगुको साविकको फोतु गाउँविकासले शुरु गरेको भए पनि निर्माण कार्यले निरन्तरता नपाएपछि दुवै जिल्लाका नजिकका गाउँले श्रम र अन्य निकायाबाट सहयोगले बत्ती बोलेको निमार्ण समितिका अध्यक्ष ज्ञामी बुमीले बताए। अध्यक्ष बुमीका अनुसार आफ्नो गाउँमा प्राप्त पानीका मुहान नभएकाले नजिककै छिमेकी जिल्लाको फोतु गाउँमा रहेको पानीको स्रोत प्रयोग गरी पहिलो पटक बिजुली बत्ती बाल्न सफल भएको बताए।

भौगोलिक विकटताका कारण अघि बढ्न नसकेको दुवै जिल्लाका दुर्गम गाउँलाई बिजुली बत्ती बाल्नको लागि ५० लाख रूपैयाँ रकम विनियोजन गरेको सर्केगाढ गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए। जिल्ला फरक भनियता पनि गाउँ नजिकै भएकोले पनि आगामी दिनमा आफूले अझै सहयोग गर्ने प्रतिवद्धता  जनाए।

बैकल्पिकउर्जा प्रवद्धन केन्द्रबाट २ करोड ५० लाख, सर्केगाड गाँउपालिकाको ५० लाख र सोरु गाँउपालिकाबाट १५ लाख गरी कुल ३ करोड १५ लाख रूपैयाँको लागतमा नेरखोला जलविद्युत आयोजना  निमार्ण सम्पन्न भएको नेरका स्थानीय धर्मबहादुर शाहीले बताए।

आयोजनाबाट उत्पादनभएको ६५ किलोवाट विधुत् मुगु जिल्लाका सोरु गाउँपालिका ५ का नेरगाउँका २०० घरधुरी र हुम्ला जिल्लाका सर्केगाढ गाउँपालिका १ जैरका ३०० घरधुरीमा विद्युत आपूर्ति गरिने छ।

वर्षौंदेखि अलपत्र परेको विद्युत आयोजन अहिले  आएर दुवै गाउँलेको प्रयासमा बिजुली बत्ती बाल्ने सपना पूरा भएको हो। विद्युत आयोजनाका मेसिनहरू निर्माणस्थलसम्म पुर्याउन लागि हेलिकोप्टर प्रयोग गरिनु पर्ने कारणले निर्माण कार्य लम्बिएको निमार्ण समितिले जनाएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत निमार्णका सबै सामान ढुवानी गरी ६५ किलोवाट बिधुत उत्पादन गरी सबै गाउँमा  बिजुली बालेर उज्यालो बस्ने  आफ्नो सपना पूरा भएको स्थानीय बासिन्दा हिरादेवी शाहीले बताइन्।

दुबै गाउँमा बिजुली बत्ती बलेपछि अहिले दुवै गाउँकाबासिन्दा हर्षित भएका छन्। विगतमा जंगलबाट ल्याएको सल्लाहाको झरो कै भरमा उज्यालो गरेर काम चलाउने गरेको जैरकी स्थानीय ५२ वर्षीया हिरादेवी शाहीले बताइन्। गाउँमा झरो बाल्दा अधिकांस वयावृद्धालाई दमलगायतका रोग लाग्ने गरेको भन्दै घरमै बिजुली बलेपछि आफू हर्षित भएका मुगु जिल्ला सोरु गाँउपालिका ५ नेहर गाउँ निवासी बिर्खबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.