राजनीति

नेताहरूले फूलमाला लगाएर फोटो खिचाउँदैमा एकता भएको मानिदैन : सिटौला
SHARES

फाइल फोटो
असार २८, २०७५

    झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका शिर्ष नेताहरूले फूलमाला लगाएर तस्विर खिचाउँदैमा कांग्रेसमा वास्तविक एकता नहुने बताएका छन्। उनले कांग्रेसभित्रको एकता अरुलाई देखाउनभन्दा पार्टी बलियो बनाउनतर्फ हुनुपर्ने र त्यो तल्लो तहबाटै हुनुपर्ने बताएका छन्।

    सिटौलाले कांग्रेसलाई आधुनिक बनाउन आवश्यक रहेको बताएका छन्। पार्टीका पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले कांग्रेसलाई तलैदेखि बलियो बनाउन पार्टी नेतृत्व गम्भीर हुनुपर्ने टिप्पणी बताए।

    झापाको बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले हिजोको कांग्रेसलाई अब समयअनुसार रुपान्तरण गरेर आधुनिकीकरण गर्नुपर्ने खाँचो रहेको बताएका हुन्।

    दुई तिहाइको बलमा सरकार निरकुंश बन्दै गएको भन्दै उनले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्ने अवस्था आएको पनि बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]