|

विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्ड खेलिरहेका छन्। पहिलो हाफ सकिएको छ। जसमा इंग्ल्यान्डले अग्रता लिएको छ। खेलमा फर्किनका लागि क्रोएसिया संघर्ष गरिरहेको छ। 

जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो। मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पाइनल यात्रा गरेको थियो।

जारी खेलमा इंग्ल्यान्डले खेलको पाँचौ मिनेटमै अग्रता लिएको थियो। खेलको पाँचौ मिनेटमा इंग्ल्यान्डका किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका छन्। 

खेलमा फर्किन संघर्षरत क्रोएसियाले अहिलेसम्म ६ गोल सुट प्रहार गरेको छ भलै गोलमा परिणत गर्न सकेको छैन। जबकी इंग्ल्यान्डले ४ मात्रै गोल सुट प्रहार गरेको छ र एकमा सफलता हात पारेको छ। बल पोसेसन पनि क्रोएसियाकै पक्षमा रहेको छ।

यो खेलको विजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.