|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुमवीर महासेठलाई निर्देशन दिएका छन्। ओलीले सिन्डिकेट अन्त्यको पक्षमा उभिएर त्यसको कार्यान्वयन गर्न पनि मन्त्री महासेठलाई निर्देशन दिएका छन्।

पछिल्लो समय चाबहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोटलगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिण्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा सरकारको आलोचना भएको थियो। जसमा मन्त्री महासेठले सिन्डिकेट तोड्ने पक्षमा काम नगरेको भन्ने आरोप लागेको थियो। यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई बोलाएर निर्देशन दिएका हुन्। छलफलमा मन्त्रालयका सचिव लगायतलाई समेत बोलाइएको थियो र उनीहरूलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिएका थिए। प्रधानमन्त्रीले सार्वजनिक यातायातलाई भरपर्दो, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपाङ्गलगायतलाई प्रदान गरिने आरक्षण सीट सुविधाको उपभोगलाई सहज बनाउनसमेत निर्देशन दिइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.