|

विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्ड खेलिरहेका छन्। खेलको पाँचौ मिनेटमा पछि परेको क्रोएसियाले इंग्ल्यान्डलाई बराबरी गोल फर्काएको छ।

खेलमा फर्किन संघर्ष गरिरहेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। 

जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो। मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पाइनल यात्रा गरेको थियो।

जारी खेलमा इंग्ल्यान्डले खेलको पाँचौ मिनेटमै अग्रता लिएको थियो। खेलको पाँचौ मिनेटमा इंग्ल्यान्डका किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए। 

यो खेलको विजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.